काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा शिवराज अधिकारीलाई नियुक्त गरेको छ । बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई उपाध्यक्ष नियुक्त गरेको हो ।
त्रिभुवन विश्वविद्यालयको अर्थशास्त्र विभागका पूर्व प्रमुख अधिकारी यसअघि आयोगको सदस्य थिए ।

