२०८३, आश्विन २० गते

images

गोलकिपर अन्जना रानामगर एपिएफ क्लबमा अनुबन्ध

गोलकिपर अन्जना रानामगर एपिएफ क्लबमा अनुबन्ध

सीएनएन खबर
मंगलवार, चैत्र २६ २०८१०८:४१
सीएनएन खबर
मंगलवार, चैत्र २६ २०८१०८:४१
  • images

    काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी गोलकिपर अन्जना रानामगरले घरेलु फुटबल सशस्त्र प्रहरी बलको एपिएफ क्लबबाट खेल्ने भएकी छिन्। नौ वर्षअघि त्रिभुवन आर्मी क्लबमा आबद्ध भएकी अन्जना आगामी सिजनका लागि एपिएफमा पुगेकी हुन्। उनी आर्मीमा करारमा आबद्ध खेलाडी थिइन्।

    पछिल्लो समय एपिएफकी पहिलो रोजाइकी गोलकिपर तथा कप्तान एन्जिला तुम्बापो सुब्बा ग्रिसमा फुटबल खेल्न गएकी छन्। त्यसपछि एपिएफको गोलपोस्ट सावित्री किसानले सम्हालेकी थिइन्। 

    एपिएफले किसानलाई समेटेर गत सिजनको महिला लिग जितेको थियो। यो सिजन थप बलियो बन्नका लागि एपिएफले नेपालमा उपलब्धमध्ये उत्कृष्ट गोलकिपर भित्र्याएको हो।  १४ वर्षको उमेरमा राष्ट्रिय टोलीमा परेकी अन्जनाले रौतहटबाट फुटबल यात्रा सुरु गरेकी थिइन्। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend