२०८३, आश्विन १९ गते

images

दाङ, सल्यान र रुकुममा नेपाल टेलिकमको सेवा अवरुद्ध

दाङ, सल्यान र रुकुममा नेपाल टेलिकमको सेवा अवरुद्ध

सोमवार, जेठ १४ २०८११०:२३
सोमवार, जेठ १४ २०८११०:२३
  • images

    काठमाडौं । प्राविधिक समस्याका कारण दाङदेखि रुकुमसम्मका जिल्लामा नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भएको छ । नेपाल टेलिकम लुम्बिनी प्रदेश कार्यालय भैरहवाका निर्देशक अनन्त प्रकाश मल्लिकले दाङको लमहीदेखि घोराहीतर्फ जाने बाटोमा प्राविधिक समस्या देखिएको र मर्मतका लागि टोली परिचालन गरिएको जानकारी दिए ।

    लमहीदेखि १३ किलोमिटर टाढा विद्युत प्राधिकरणको हाइटेन्सन टावरमा राखिएको एडीएसएसमा समस्या देखिएको छ,’ निर्देशक मल्लिकले भने, ‘त्यसका लागि बुटवलबाट विशेष प्राविधिक टोली दाङ प्रस्थान गरिसकेको छ ।’ अन्य सामान्य खालका मर्मत स्थानीय प्राविधिकहरुले नै गर्न सक्ने तर विद्युत प्राधिकरणको हाइटेन्सन टावरमा राखिएको उपकरण भएकाले विशेष टोली बुटवलबाटै पठाउनु परेको उनले बताए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend