२०८३, आश्विन २० गते

images
  • विश्व
  • साउदीमा गर्मीका कारण हज यात्राका क्रममा...

साउदीमा गर्मीका कारण हज यात्राका क्रममा ६ सय बढीको मृत्यु

साउदीमा गर्मीका कारण हज यात्राका क्रममा ६ सय बढीको मृत्यु

बिहिवार, आषाढ ६ २०८११०:५४
बिहिवार, आषाढ ६ २०८११०:५४
  • images

    काठमाडौं । अत्यधिक गर्मीका बीच साउदी अरेबियामा हज यात्राका क्रममा मृत्यु हुनेको संख्या ६ सय नाघेको छ । बुधबार साँझसम्म ६ सय ४५ जनाको मृत्यु भइसकेको त्यहाँस्थित सञ्चारमाध्यमहरुले जनाएका छन् । मौसम परिवर्तनका कारण हज यात्राका लागि गएका अधिकांश वृद्धवृद्धा र दीर्घरोगीहरुको मृत्यु भएको छ । 

    मृत्यु हुनेहरुमा भारत, इजिप्ट, जोर्डन, इन्डोनेसिया, इरान, सेनेगल, ट्युनिसिया लगायत देशका नागरिकहरु छन् । भारतका मात्रै ६८ जना नागरिकको मृत्यु भएको त्यहाँस्थित कुटनीतिक नियोगलाई उदृत गर्दै भारतीय सञ्चार माध्यमहरुले लेखेका छन् । 

    हज यात्राका क्रममा वर्षेनि यत्तिका संख्यामा हजयात्रीहरुको मृत्यु गरेको छ । तर यो वर्ष अझै समय बाँकी रहेकाले विगतभन्दा धेरैले ज्यान गुमाउनुपर्ने स्थिति बनेको अधिकारीहरुले बताएका छन् । ‘यो हरेक वर्ष हुन्छ । यो पनि निरन्तरता नै हो । तर अब केही दिनमा यो अझै बढेर जाँदैछ भन्ने कुरा चाँहि हाम्रो लागि जोखिमपूर्ण हो,’ एक अधिकारीले भनेका छन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend