२०८३, आश्विन २० गते

images

आर्सनलसँग हार्‍यो रियल मड्रिड

आर्सनलसँग हार्‍यो रियल मड्रिड

सीएनएन खबर
बुधवार, चैत्र २७ २०८१११:१३
सीएनएन खबर
बुधवार, चैत्र २७ २०८१११:१३
  • images

    काठमाडौँ । युरोपेली च्याम्पियन्स लिगमा आर्सनलले रियल मड्रिडलाई पराजित गरेको छ। लिगको क्वाटरफाइनलको पहिलो लेगमा आर्सनलले रियलविरूद्ध तीन गोल गरेको हो। इमिरेट्स स्टेडियममा गएराति भएको खेलमा आर्सनलले तीनै गोल दोस्रो हाफमा हानेको हो।

    ५८ मिनेटमा डेक्लान राइसले गोल गर्दै पहिलो अग्रता दिलाएका थिए। ७० मिनेटमा उनैले दोस्रो गोल गरे। ७५ मिनेटमा मिकेल मरिनोले गरेको गोल निर्णायक बन्दा पहिलो लेगमा आर्सनल ३-० ले विजयी भएको हो। इन्ज्युरी समयमा रियलका इन्डुएरो क्यामाभिंगाले रातो कार्ड समेत खान पुगे।  

    दोस्रो लेग सान्टियागो बर्नाबेऊमा अप्रिल १७ मा हुनेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend