२०८३, आश्विन २० गते

images
  • खेलकुद
  • कुशल भुर्तेलको विस्फोटक इनिङ्स : टी-२०...

कुशल भुर्तेलको विस्फोटक इनिङ्स : टी-२० मा तोडे दीपेन्द्रको राष्ट्रिय कीर्तिमान

कुशल भुर्तेलको विस्फोटक इनिङ्स : टी-२० मा तोडे दीपेन्द्रको राष्ट्रिय कीर्तिमान

सीएनएन खबर
बिहिवार, चैत्र २८ २०८१०२:४४
सीएनएन खबर
बिहिवार, चैत्र २८ २०८१०२:४४
  • images

    काठमाडौं । लामो समयदेखि निरन्तर आलोचना भोगिरहेका नेपाली ओपनर कुशल भुर्तेलले कुवेतविरुद्धको खेलमा विस्फोटक ब्याटिङ प्रदर्शन गर्दै नयाँ राष्ट्रिय कीर्तिमान आफ्नो नाममा लेखाएका छन्। बिहीबार बिहान सम्पन्न टी–२० सिरिजअन्तर्गतको खेलमा भुर्तेलले ५० बलमा ८१ रन बनाउँदै टी–२० अन्तर्राष्ट्रियमा नेपालका लागि सर्वाधिक अर्धशतक बनाउने कीर्तिमान कायम गरेका हुन्।

    यसअघि यो कीर्तिमान दीपेन्द्र सिंह ऐरीको नाममा थियो, जसले टी–२० मा १० अर्धशतक बनाएका थिए। भुर्तेलले यो खेलमा बनाएको अर्धशतकसहित अब उनका कुल ११ अर्धशतक पुगेका छन्।


    भुर्तेलले आफ्नो इनिङ्समा ६ चौका र ६ छक्का प्रहार गर्दै नेपाललाई १८६ रनको लक्ष्य पछ्याउन मद्दत गरे। अर्का ओपनर आसिफ शेखले पनि ३८ बलमा ५३ रन बनाउँदै अर्धशतक पुरा गरे। दीपेन्द्र सिंह ऐरीले १२ बलमा ३१ रन जोड्दै खेलको गति कायम राखे।

    पहिले ब्याटिङ गरेको कुवेतले १८६ रनको चुनौतीपूर्ण स्कोर खडा गरेको थियो। जवाफमा नेपालले मात्र ४ विकेटको क्षतिमा ७ बल बाँकी राख्दै लक्ष्य पूरा गर्‍यो।

    नेपालले यसअघि कतारलाई ८ विकेटले हराएको थियो। अब नेपालले लिग चरणको अन्तिम खेल शनिबार हङकङसँग खेल्नेछ। भुर्तेलको पुनरागमनसँगै नेपाली टिमको आत्मविश्वास उच्च देखिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend