२०८३, आश्विन २० गते

images
  • विश्व
  • न्युयोर्कको हडसन नदीमा हेलिकप्टर दुर्घटना, एकै...

न्युयोर्कको हडसन नदीमा हेलिकप्टर दुर्घटना, एकै परिवारका पाँचसहित ६ जनाको मृत्यु

न्युयोर्कको हडसन नदीमा हेलिकप्टर दुर्घटना, एकै परिवारका पाँचसहित ६ जनाको मृत्यु

सीएनएन खबर
शुक्रवार, चैत्र २९ २०८११०:००
सीएनएन खबर
शुक्रवार, चैत्र २९ २०८११०:००
  • images

    काठमाडौं । न्युयोर्क सहरको प्रसिद्ध हडसन नदीमा बिहीबार एक हेलिकप्टर खस्दा हेलिकप्टरमा सवार सबै ६ जनाको मृत्यु भएको छ। मृतकमध्ये पाँच जना एउटै परिवारका स्पेनी पर्यटक थिए भने एक जना पाइलट रहेको पुष्टि गरिएको छ।

    न्युयोर्कका मेयर एरिक एडम्सले पत्रकार सम्मेलनमार्फत घटनाको पुष्टि गर्दै मृतकमध्ये तीन जना बालबालिका रहेको जानकारी दिएका छन्। 'यो अत्यन्तै दुःखद दुर्घटना हो,' मेयर एडम्सले भने, 'पीडितको परिवारलाई समवेदना प्रकट गर्दछु।'

    दुर्घटनाको कारणबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। न्युयोर्क प्रहरी विभागकी आयुक्त जेसिका टिशका अनुसार प्रारम्भिक अध्ययनबाट हेलिकप्टर आकस्मिक रूपमा नियन्त्रण गुमाएर नदीमा खसेको देखिन्छ। दुर्घटनाको एक भिडियो फुटेजमा हेलिकप्टर आकाशबाट उल्टो अवस्थामा झरेको देखिन्छ।

    हेलिकप्टर डाउनटाउन स्काइपोर्टबाट उडेको केही समयमै दुर्घटनामा परेको हो। उद्धार टोली तत्कालै घटनास्थलमा पुगे पनि सबै सवार व्यक्तिको ज्यान गइसकेको थियो। प्रहरीका अनुसार मृतकको परिवारलाई औपचारिक जानकारी नदिइएसम्म नाम सार्वजनिक गरिने छैन।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend