२०८३, आश्विन १९ गते

images

तीन महिनाभित्र बाँकी महसुल नतिरे फेरि उद्योगको लाइन काट्छौंः  कुलमान घिसिङ

तीन महिनाभित्र बाँकी महसुल नतिरे फेरि उद्योगको लाइन काट्छौंः  कुलमान घिसिङ

शुक्रवार, श्रावण ११ २०८१०३:१८
शुक्रवार, श्रावण ११ २०८१०३:१८
  • images

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङले विद्युत महसुल नतिर्ने उद्योगको लाइन तीन महिनाका लागिमात्र जोडिएको प्रष्ट पारेका छन् ।

    शुक्रबार बसेको संसद्को सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै घिसिङले तीन महिनाको समय दिएको र सो अवधिमा सबै बाँकी पैसा तिर्नुपर्ने बताए । अन्यथा प्राधिकरणले नियमानुसार आफ्नो काम गर्ने उनको भनाइ छ ।

    उनले केही उद्योगले भने लोडसेडिङको अन्त्य भएपछि पनि भुक्तानी गरिरहेको बताए । कार्यकारी निर्देशक घिसिङले विद्युत् प्राधिकरण अहिले ४६ अर्ब नाफामा भएको बताए ।‘हाम्रो ४६ अर्ब सञ्चित नाफा छ । बक्यौता उठ्न बाँकी २१ अर्ब जोड्ने हो भने हामी ६० अर्ब नाफामा छौँ’उनले भने ।

    डेडिकेटेड र टंक लाइन विवाद हुँदा गत साता प्राधिकरणले ६ वटा उद्योगको लाइन काटेको थियो । केपी शर्मा अ‍ोली नेतृत्वमा नयाँ सरकार बन्नसाथ प्राधिकरणले उद्योगमा लाइन काटेपछि प्रधानमन्त्री र प्राधिकरणबीच टसलसमेत परेको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend