२०८३, आश्विन २० गते

images
  • स्थानीय
  • मुलुकलाई अस्थिरताको बाटोमा लैजान अनेक खालका...

मुलुकलाई अस्थिरताको बाटोमा लैजान अनेक खालका षडयन्त्रहरु भइरहेको छः मन्त्री गुप्ता

मुलुकलाई अस्थिरताको बाटोमा लैजान अनेक खालका षडयन्त्रहरु भइरहेको छः मन्त्री गुप्ता

शुक्रवार, चैत्र २९ २०८१०३:२३
शुक्रवार, चैत्र २९ २०८१०३:२३
  • images

    काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले राजावादीको नाममा काठमाडौंमा गराइएको घटनाले मुलुकलाई अस्थिरताको बाटोमा लैजान अनेक खालका षडयन्त्रहरु भइरहेको बताएका छन् । 

    नेकपा एमाले वीरगन्ज महानगरपालिका नगर कमितको दोश्रो अधिवेशन उद्घाटनपछि नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका मन्त्री गुप्ताले देशलाई स्थिरता र सुशासन दिनकै लागि देशका दुई ठूला राजनीतिक दल संयुक्त रुपमा सरकार बनेको बताए । 

    यो सरकारले मुलुकलाई स्थिरताको कोर्षमा लागेको बताउँदै मुलुकलाई अस्थिरतामा लान खोज्ने गतिविधि हुन् थालेको उनले बताए । मुलुकलाई अस्थिरतामा लैजान जती प्रयास भए पनि त्यो सफल हुन नसक्ने बताए ।

    साथै उद्दघाटन शत्रमा सम्बोधन गर्दै मन्त्री गुप्ताले एमाले राष्ट्रिय शक्ति बन्यो भने मात्र देशमा आमूल परिवर्तन गर्न सकिने बताए । ०८४ मा हुने निर्वाचनमा बहुमत ल्याएपछि एमाले निर्णायक राष्ट्रिय शक्ति बन्ने दावी गरे ।

    ‘जहिलेसम्म एमाले निर्णायक राष्ट्रिय शक्तिको रुपमा स्थापित हुन सक्दैन । त्यसबेलासम्म यो देशका समस्या समाधान गर्न सकिँदैन, राष्ट्रियताको समस्या समाधान गर्न सकिँदैन, राष्ट्रिय स्वाभिमानका मुद्दाहरु प्रभावकारी ढंगले उठाउन सकिदैन,’ उनले भने ।

    देशलाई सही दिशामा अगाडि बढाउने अभियान साकार पार्न पार्टी कमिटीलाई तल्लो तहदेखिनै सुदृढ बनाउनुपर्नेमा उनको जोड थियो । अहिलेको राजनीतिक समीकरण मिसन ८४ लाई सहयोग पुग्ने सकारात्मक स्टेपमात्र भएको भन्दै एमाले कुनै मोर्चाको पक्षमा नरहेको समेत उनले खुलाए ।

    उनले आगामी निर्वाचनमा बिरगंज महानगरपालिका ३२ वटै वडामा जित्नेगरी तयारी गर्न नेता कार्यकर्तालाई निर्देशन दिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend