२०८३, आश्विन २० गते

images
  • अर्थतन्त्र
  • वैशाखमा वाणिज्य बैंकहरुको नयाँ ब्याजदर, कुनको...

वैशाखमा वाणिज्य बैंकहरुको नयाँ ब्याजदर, कुनको कति ?

वैशाखमा वाणिज्य बैंकहरुको नयाँ ब्याजदर, कुनको कति ?

आइतवार, चैत्र ३१ २०८११०:२९
आइतवार, चैत्र ३१ २०८११०:२९
  • images

    काठमाडौं ।  वाणिज्य बैंकहरुले वैशाख महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार २० वाणिज्य बैंकहरुमध्ये ३ बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने एक बैंकले बढाएको छ। बाँकी १६ बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर स्थिर राखेका छन् ।

    कुमारी बैंक, सानिमा बैंक र नेपाल बैंकले वैशाख महिनाका लागि व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । यी बैंकहरुको अधिकतम ब्याजदर क्रमशः ०.०९ प्रतिशत, ०.१ प्रतिशत र ०.३५ प्रतिशतविन्दु घटेको हो। एभरेष्ट बैंकले भने वैशाख महिनाका लागि ब्याजदर बढाएको छ। व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदरमा एभरेष्ट बैंकले ०.६१ प्रतिशतले बढाएको छ। अन्य १६ बैंकहरुले भने चैत महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।

    बैंकहरुको संस्थागत मुद्दति निक्षेपको ब्याजदर भने चैतको तुलनामा वैशाखमा औषतमा ०.०६४ प्रतिशतले घटेको छ। संस्थागत मुद्दति निक्षेपमा ८ बैंकहरुले ब्याजदर घटाएका छन्। एभरेष्ट बैंकले भने संस्थागत मुद्दति निक्षेपको अधिकतम ब्याजदर पनि बढाएको छ।

    बैंक माघ फागुन चैत बैशाख
    नबिल ५.७५ ५.७५ ५.७५ ५.७५
    नेपाल इन्भेष्टमेन्ट मेगा ६.५ ६.५ ६.५ ६.५
    माछापुच्छ्रे ६ ६ ६.५ ६.५
    हिमालयन ६.२५ ६.२५ ५.५० ५.५०
    नेपाल एसबिआई ५.५ ५.५ ५.५ ५.५
    एभरेष्ट ६ ६ ६ ६.६१
    एनआईसी एसिया ६.६ ६.६ ६.६ ६.६
    स्ट्यान्डर्ड चार्टर्ड ६.२५ ६.२५ ६.२५ ६.२५
    लक्ष्मी सनराइज ५.७५ ५.७५ ५.७५ ५.७५
    कुमारी ६.०१ ६.०१ ६.०१ ५.९२
    सिद्धार्थ ६ ६ ६ ६
    सानिमा ६.०५ ६.०५ ६.०५ ५.९५
    एनएमबि ६.६ ६.६ ६.६ ६.६
    प्रभु ६.१ ६.१ ६.१ ६.१
    ग्लोबल आइएमई ५.७५ ६ ६ ६
    सिटिजन ५.६५ ५.६५ ५.६५ ५.६५
    प्राइम कमर्सियल ६.२५ ६.२५ ६.२५ ६.२५
    कृषि विकास ५.५१ ५.५१ ५.५१ ५.५१
    नेपाल बैंक ५.६ ५.६ ५.५ ५.१५
    राष्ट्रिय वाणिज्य बैंक ६ ६ ६ ६

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend