२०८३, आश्विन १९ गते

images
  • स्थानीय
  • सुदूरपश्चिम प्रदेशले खुलायो पहिलोपटक थारु कोटामा...

सुदूरपश्चिम प्रदेशले खुलायो पहिलोपटक थारु कोटामा विज्ञापन

सुदूरपश्चिम प्रदेशले खुलायो पहिलोपटक थारु कोटामा विज्ञापन

आइतवार, चैत्र ३१ २०८११२:१७
आइतवार, चैत्र ३१ २०८११२:१७
  • images

    काठमाडौँ । सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले उपसचिव र अधिकृत सातौं तहका पदमा पदपूर्तिका लागि विज्ञापन खुलाएको छ । 

    आयोगले खुला र बढुवा प्रतियोगितामार्फत् पदपूर्तिका लागि विज्ञापन खुलाउँदा पहिलोपटक थारू कोटा पनि छुट्याएको हो । 

    सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगका सचिव वसन्तप्रसाद कोइरालाका अनुसार थारु कोटा छुट्याएर पदपूर्तिका लागि विज्ञापन खुलाएको यो पहिलो पटक हो । सुदूरपश्चिम प्रदेश निजामती सेवा ऐनमा थारु/राना थारुका लागि १३ प्रतिशत आरक्षण छ ।

    यसैगरी महिलाका लागि ३३, दलितका लागि १४, आर्थिक रुपले विपन्न खस आर्यका लागि ११ प्रतिशत छुट्याइएको छ । यसैगरी आदिवासी जनजातीका लागि १०, पिछडिएको क्षेत्रका लागि १० र अपांगका लागि ४ प्रतिशत आरक्षण छ ।

    आयोगले लेखा समूहको उपसचिव पदका लागि ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनद्वारा हुने बढुवाका लागि २ जना र कार्यक्षमताको मूल्यांकनद्वारा हुने बढुवाका लागि ३ जनाका लागि विज्ञापन खुलाएको छ । यसैगरी खुला तथा समावेशीमार्फत् गरिने पदपूर्तिका लागि ४ जनाका लागि विज्ञापन खुलेको छ ।

    यसैगरी लेखा र शिक्षा सेवा तर्फका अधिकृत पदका लागि ज्येष्ठता र कार्यसम्पादनको मूल्यांकनद्वारा हुने बढुवाका लागि अप्राविधिकतर्फ ११ जना, कार्यक्षमताको मूल्यांकनद्वारा हुने बढुवाका लागि १४ जना र प्राविधिकतर्फ १ जनाका लागि विज्ञापन खुलेको छ ।

    यसैगरी आन्तरिक प्रतिस्पर्धा, अन्तर तह, खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापनका लागि अधिकृत सातौं अप्राविधिक पदका लागि ३९ पदमा विज्ञापन खुलेको छ । यसका लागि थारु÷राना थारुका लागि पनि २ वटा कोटा छुट्याइएको छ ।

    यसैगरी प्राविधिकतर्फ ८ जनाका लागि विज्ञापन खुलेको छ ।

    आयोगका अनुसार दरखास्त दिने म्याद २०८१ वैशाख २० गतेसम्म । दोब्बर दस्तुर तिरेर बैशाख २७ गतेसम्म दरखास्त बुझाउन सकिने छ । परीक्षा केन्द्र धनगढी कैलाली तोकिएको छ । लिखित परीक्षा कार्यक्रम भने पछि प्रकाशन गरिने आयोगले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend