काठमाडौं । हङकङ टी–२० सिरिजको फाइनलमा कुवेतले नेपाललाई जितका लागि १७५ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला फिल्डिङ रोजेको नेपालका लागि सोमपाल कामी र नन्दन यादवले २-२ विकेट लिँदै कुवेतलाई ७ विकेटमा १७४ रनमा सीमित पारे। कुशल भुर्तेल र करण केसीले १-१ विकेट लिए।
कुवेतका ओपनर रविजा सन्दरुवालले आक्रामक ब्याटिङ गर्दै ३६ बलमा ६३ रन बनाए। उनले ६ चौका र ४ छक्का प्रहार गरे। क्लिन्टो अन्तोले १४ बलमा २६, उस्मान पटेलले १५ बलमा २३ र कप्तान मोहमद अस्लामले १३ रनको योगदान दिए। अब नेपाललाई उपाधि जित्न १७५ रनको आवश्यकता छ।

