२०८३, आश्विन २० गते

images

९ महिनामा ५८ अर्ब बराबरको वैदेशिक लगानी प्रतिबद्धता, सबैभन्दा बढी फागुनमा

९ महिनामा ५८ अर्ब बराबरको वैदेशिक लगानी प्रतिबद्धता, सबैभन्दा बढी फागुनमा

मंगलवार, बैशाख २ २०८२११:३०
मंगलवार, बैशाख २ २०८२११:३०
  • images

    काठमाडौँ । चालू आर्थिक वर्षको ९ महिनाको अबधिमा झन्डै ५८ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता भित्रिएको छ । 

    उद्योग विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको साउनदेखि चैतसम्मको तथ्यांक अनुसार ५७ अर्ब ९७ करोड ५४ लाख ७३ हजार रुपैयाँ वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता प्राप्त भएको हो । 

    विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षको सोही अवधिमा ३० अर्ब ११ करोड ८५ लाख १७ हजार रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको थियो।

    स्वचालित मार्ग (अटोमेटिक रुट) भन्दा अप्रुभल रुटबाट सबैभन्दा बढी विदेशी लगानी प्रतिबद्धता आएको छ। अटोमेटिक रुटबाट २२४ उद्योगमा २ अर्ब ८९ करोड ७९ लाख र अप्रुभल रुटबाट २५६ उद्योगमा ५५ अर्ब ७ करोड ७४ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको विभागको तथ्यांकमा उल्लेख छ।

    गत वैशाखमा तेस्रो लगानी सम्मेलनबाट विभागले स्वचालित मार्गमार्फत विदेशी लगानी स्वीकृति हुने प्रणाली कार्यान्वयनमा ल्याएको थियो।

    तथ्यांकअनुसार चैतमा मात्रै १३ अर्ब ३१ करोड ५१ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको छ। चालू आर्थिक वर्षमा सबैभन्दा बढी फागुनमा १७ अर्ब ७९ करोड ८६ लाख रुपैयाँको विदेशी लगानी प्रतिबद्धता आएको छ।

    गत आर्थिक वर्ष नेपालमा ५ अर्ब ९६ करोड १३ लाख रुपैयाँ मात्र एफडीआईबाट भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ। आर्थिक वर्ष २०७८÷७९ मा २९५ वटा उद्योगमा ५४ अर्ब १५ करोड रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend