काठमाडौँ । गत आर्थिक वर्ष २०८०/०८१ मा धेरै रगत संकलन गरेर गुल्मीको चन्द्रकोट गाउँपालिका सबैभन्दा उत्कृष्ट पालिकाका रुपमा सम्मानीत भएको छ ।
नेपाल रेडक्रस सोसाईटी रुपन्देही शाखा तथा रक्त संचार सेवा केन्द्र बुटवलले शनिबार एक कार्यक्रमको आयोजना गर्दै रगत उपलब्ध गराउने संघ संस्थालाई सम्मान गरेको हो ।
वर्षभरमा १ सय युनिटभन्दा बढी रगत उपलब्ध गराउने संस्थालाई सम्मान प्रत्रले सम्मान गरिएको थियो । सरकारी निकायमा सबैभन्दा बढी १४० युनिट रगत उपलब्ध गराएको भन्दै चन्द्रकोट गाउँपालिकालाई उत्कृष्ट पालिकाका रुपमा सम्मान गरिएको पालिकाका अध्यक्ष युवराज खत्रिले जानकारी दिए ।
पालिकाले रेडक्रसको रुपन्देही शाखा तथा रक्त संचार सेवा केन्द्र बुटवललाई निःशुल्क रुपमा रगत उपलब्ध गराउनेभन्दै यसअघि नै सम्झौता गरिसकेको छ । उक्त सम्झौता अनुसार नै पालिकाले रगत उपलब्ध गराउँदै आएको अध्यक्ष खत्रीले बताए ।

