२०८३, आश्विन २० गते

images
  • अर्थतन्त्र
  • कृषि विकास निर्देशनालय गण्डकीका प्रमुख विरुद्धको...

कृषि विकास निर्देशनालय गण्डकीका प्रमुख विरुद्धको मुद्दा लिएर सर्वोच्च पुग्यो अख्तियार

कृषि विकास निर्देशनालय गण्डकीका प्रमुख विरुद्धको मुद्दा लिएर सर्वोच्च पुग्यो अख्तियार

शुक्रवार, बैशाख ५ २०८२१०:२६
शुक्रवार, बैशाख ५ २०८२१०:२६
  • images

    काठमाडौं । भ्रष्टाचार मुद्दामा विशेष अदालतले गरेको फैसला चित्त नबुझेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ। आयोगले कृषि विकास निर्देशनालय, गण्डकी प्रदेशका तत्कालीन निमित्त कार्यालय प्रमुख नीलकण्ठ उप्रेतीसमेतका प्रतिवादी रहेको मुद्दामा विशे‍षले गरेको फैसला चित्त नबुझेपछि सर्वोच्चमा पुनरावेदन दिएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए।

    उनका अनुसार स्याङ्जाको गल्याङ नगरपालिकामा रहेको पकवादी कृषि सहकार संस्थाको भवन निर्माणमा भ्रष्टाचार गरेको ठहर गर्दै उनीहरूविरुद्ध २८ लाख ३७ हजार २१७ रुपैयाँ बिगो माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो। तर, विशेष अदालतले उक्त मुद्दामा कार्यालय प्रमुखसहित अन्य प्रतिवादीलाई सफाइ दिएको थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend