काठमाडौं । एनआईसी एसिया बैंकको नाफामा उच्च गिरावट देखिएको छ। बैंकले सार्वजनिक गरेको त्रेस्रो त्रैमासिक वित्तीय विवरणमा बैंकको नाफा ९१ प्रतिशतसम्मले घटेको देखिएको हो।
चैत मसान्तसम्म बैंकको खुद नाफा १५ करोड रुपैयाँमा मात्रै छ। गत आवको चैत मसान्तसम्म बैंकको खुद नाफा १ अर्ब ९१ करोड थियो। चालू आवको तेस्रो त्रैमासिकमा आइपुग्दा नाफा १५ करोडमा सीमित भएको हो। यो भनेको करिब ९१ प्रतिशतले कम हो।
बैंकको आम्दानीको स्रोतहरु घट्न थालेसँगै खुद नाफा घटेको हो। चैत मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ८१ करोड रुपैयाँले घटेको छ।

