काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज साँझ ५ बजे बस्ने भएको छ । बैठकमा आन्दोलनरत शिक्षकका मागबारे प्याकेजमै निर्णय गर्ने तयारी रहेको स्रोतको भनाइ छ ।
आजको बैठकमा शिक्षा मन्त्रालयले आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्ने प्रस्ताव लैजाने गरी तयारी गरेको छ । नेपाल शिक्षक महासंघको नेतृत्वमा विगत २१ दिनदेखि शिक्षकहरूले काठमाडौंमा प्रदर्शन गरिरहेका छन् ।

