२०८३, आश्विन २० गते

images
  • खेलकुद
  • ट्रेन्टको निर्णायक गोलमा लिभरपुल उपाधिनजिक, लेस्टर...

ट्रेन्टको निर्णायक गोलमा लिभरपुल उपाधिनजिक, लेस्टर रेलिगेसनमा

ट्रेन्टको निर्णायक गोलमा लिभरपुल उपाधिनजिक, लेस्टर रेलिगेसनमा

सीएनएन खबर
सोमवार, बैशाख ८ २०८२०५:५८
सीएनएन खबर
सोमवार, बैशाख ८ २०८२०५:५८
  • images

    काठमाडौँ । वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका ट्रेन्ट अलेक्ज्यान्डर–अर्नोल्डको निर्णायक गोलमा लिभरपुल प्रिमियर लिग उपाधि नजिक पुगेको छ। गएराति किंग पावर स्टेडियममा भएको खेलमा लिभरपुलले लेस्टर सिटीमाथि १–० साँघुरो जित दर्ता गरेको हो। यो जितसँगै लिभरपुल प्रिमियर लिगको उपाधि उचाल्नबाट अब एक कदममात्र टाढा छ। 

    लिभरपुलको जितले लेस्टर सिटी भने रेलिगेसनमा परेको छ। गत मार्चमा एङकल एन्ज्युरीका कारण मैदान बाहिर रहेका अलेकज्यान्डरले उत्कृष्ट पुनरागमन गरेका हुन्। खेलको ७१ औँ मिनेटमा मैदान छिरेका उनले ७६ औँ मिनेटमा गोल गर्दै लिभरपुललाई जित दिलाए। 

    जितसँगै लिभरपुलले ३३ खेलबाट २४ खेलमा जित निकाल्दै ७९ अंकमा शीर्ष स्थानमा रहेको छ। दोस्रो स्थानको आर्सनलको समान खेलबाट ६६ अंक छ। गएराति नै भएको अन्य खेलमा आर्सनलले इप्सविच टाउनमाथि ४–० को फराकिलो जित निकाल्यो। 

    अर्को खेलमा चेल्सीले फुलहाममाथि २–१ को जित दर्ता गर्दा म्यानचेष्टर युनाइटेड भने वुल्भ्ससँग १–० ले पराजित हुन पुग्यो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend