२०८३, आश्विन १९ गते

images

गोरखा धार्चेमा पहिरोमा परी ५ जना बेपत्ता, दुईको उद्धार

गोरखा धार्चेमा पहिरोमा परी ५ जना बेपत्ता, दुईको उद्धार

आइतवार, श्रावण १३ २०८१०२:०६
आइतवार, श्रावण १३ २०८१०२:०६
  • images

    काठमाडौं । गोरखा धार्चे गाउँपालिका–५ गुम्दास्थित रेसेफाँटमा पहिरोमा परी ५ जना बेपत्ता भएका छन् । एक पहिरोले कृषि फर्म र एक घर पनि बगाएको छ । कृषि फर्म सञ्चालक जितबहादुर गुरुङको तीन जनाको परिवारसहित पाँच जना बेपत्ता भएको छिमेकीले बताएका छन् । 

    जितबहादुरसहित श्रीमती कान्छी गुरुङ, उनका बुवा ६० वर्षीय सुलाल कान्छा गुरुङ, सोही ठाउँका रमेश गुरुङ, ट्याक्टर चालक रमेश परियार बेपत्ता भएको प्रहरीले जनाएको छ ।

    पहिरोमा परेका दुई जनाको भने उद्धार भएको स्थानीय तुल गुरुङलले जानकारी दिए । नान्सेन सामुदायिक वनबाट झरेको लेदोसहितको पहिरोले कृषि फर्म र एक घर पुरेको उनले बताए ।

     

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend