२०८३, आश्विन २० गते

images

ब्राजिलियन फुटबलर कार्लोस आज नेपाल आउँदै

ब्राजिलियन फुटबलर कार्लोस आज नेपाल आउँदै

सीएनएन खबर
मंगलवार, बैशाख ९ २०८२०७:१७
सीएनएन खबर
मंगलवार, बैशाख ९ २०८२०७:१७
  • images

    काठमाडौँ । विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस आज (मंगलबार) बिहान नेपाल आइपुग्ने भएका छन् ।

    उनी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका खेल हेर्नका लागि नेपाल आउन लागेका हुन् । एनएसएलको आयोजक नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) ले यसबारे जानकारी दिएको हो ।

    कार्लोस मंगलबार बिहान ८ः१५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् भने उनले बुधबार हुने धनगढी एफसी र पोखरा थान्डर्सबीचको दोस्रो क्वालिफायर खेल हेर्नेछन् । यसअघि शुक्रबार नेपाल आउने तालिका रहे पनि स्वस्थ अवस्थाका उनको भ्रमण स्थगित भएको थियो ।

    कार्लोसलाई विश्वकै उत्कृष्ट रक्षकमध्ये एक मानिन्छ । ५१ वर्षिय कार्लोसले सन् १९९२ देखि २००६ सम्म ब्राजिलका लागि खेलेका थिए । उनीले सन् २००२ को फिफा विश्वकप जिताउन योगदान गरेका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend