२०८३, आश्विन १९ गते

images
  • समाचार
  • राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दैछः कक्षा...

राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दैछः कक्षा १२ को परीक्षाबारे निर्णय हुने

राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दैछः कक्षा १२ को परीक्षाबारे निर्णय हुने

मंगलवार, बैशाख ९ २०८२०७:३३
मंगलवार, बैशाख ९ २०८२०७:३३
  • images

    काठमाडौँ । मंगलबार बिहान राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दैछ। यही वैशाख ११ गतेदेखि सञ्चालन हुने भनिएको कक्षा १२ को वार्षिक परीक्षाबारे निर्णय लिन मंगलबार बिहान बोर्डको बैठक बस्न लागेको हो ।

    परीक्षा तोकिएकै मितिमा सञ्चालन गर्ने वा केहीदिन पछि सार्ने विषयमा आवश्यक निर्णयका लागि बोर्डको बैठक बस्न लागेको हो। 

    बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले आज बिहान ८ बजेपछि बैठक बस्ने जानकारी दिए। उनले परीक्षा ११ गतेदेखि नै सञ्चालनको लागि सबै तयारी बोर्डले गरिसकेको बताए। 

    कक्षा १२ को परीक्षा वैशाख ११ गते सुरु भएर २४ गते सकिने तालिका बोर्डले सार्वजनिक गरेको छ। तर, विभिन्न मागसहित विगत २१ दिनदेखि देशैभरिका शिक्षकले काठमाडौँमा आन्दोलन गरिरहेका कारण परीक्षा हुनेरनहुने अन्योल छ। यसले परीक्षामा सहभागी हुने तयारीमा रहेका पाँचलाख भन्दा धेरै विद्यार्थीमा  चिन्ता छ।

    आन्दोलनरत शिक्षकहरुले भने माग पूरा नभएसम्म कक्षा १२ को परीक्षासहित कुनै पनि शैक्षिक गतिविधिमा संलग्न नहुने बताइसकेका छन्।

    शिक्षकका मागप्रति प्रधानममन्त्री अनुदार देखिएको बेला सोमबार शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएपछि शिक्षक आन्दोलनको गन्तव्य नै अनिश्चित बनेको छ। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend