२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • बागमतीका मुख्यमन्त्रीले साउन १५ मा विश्वासको...

बागमतीका मुख्यमन्त्रीले साउन १५ मा विश्वासको मत लिने

बागमतीका मुख्यमन्त्रीले साउन १५ मा विश्वासको मत लिने

आइतवार, श्रावण १३ २०८१०२:२४
आइतवार, श्रावण १३ २०८१०२:२४
  • images

    काठमाडौं । नवनियुक्त बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले साउन १५ मा विश्वासको मत लिने भएका छन् ।  मुख्यमन्त्री लामाले साउन १५ गते विश्वासको मत लिन प्रदेशसभा सचिवालय हेटौँडामा पत्र दर्ता गराएका हुन् ।

    एमालेको सर्मथनमा साउन ८ मा मुख्यमन्त्री नियुक्त भएका नेपाली कांग्रेसका लामाले ३० दिन भित्र सांसदबाट विश्वासको मत लिइसक्नुपर्ने व्यवस्था रहेको छ ।

    उनले दर्ता गरिएको  पत्र अनुसार प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले साउन १५ गते दिउँसो ३ बजेका लागि संसद् बैठक आह्वान गरेका छन् । मुख्यमन्त्री लामाले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम सांसदबाट विश्वासको मत लिने तयारी गरेका हुन् ।

    मुख्यमन्त्री लामालाई एमालेका २७ र कांग्रेसका ३७ सांसद गरी ६४ जनाको समर्थन रहेको छ । पहिलो पटक कांग्रेसबाट सरकारको नेतृत्व लिएका उनले शनिबार मात्रै १४ सदस्यीय मन्त्रिपरिषद् बनाएर सरकारलाई पूर्णता दिएका थिए ।  

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend