काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आईटी (सूचना प्रविधि) विज्ञमा असगर अलीलाई नियुक्त गरेका छन् । प्रधानमन्त्तत्रीले अवैतानीक अर्थात् सेवा सुविधा नलिने गरी सचिवस्तरको विज्ञका रुपमा अलीलाई नियुक्त गरेका हुन् ।
यसअघि ओली प्रधानमन्त्री भएको समयमा आईटी विज्ञका रुपमा अलीलाई नै नियुक्त गरेका थिए ।
उनले पुनः अलीलाई प्रधानमन्त्रीको सल्लाहकार र सचिवालय व्यवस्थापन कार्यविधिअनुसार नियुक्त गरेका हुन् । ओलीले नियुक्त गरेसँगै अलीले आईटी विज्ञका रुपमा काम थालिसकेको जनाईएको छ ।

