२०८३, आश्विन २० गते

images
  • विश्व
  • आतंकवादी हमलामा मारिएका न्यौपाने बुटवलका, आमा...

आतंकवादी हमलामा मारिएका न्यौपाने बुटवलका, आमा र बैनीज्वाइसँगै शनिबार पुगेका थिए जम्मु-कश्मिर

आतंकवादी हमलामा मारिएका न्यौपाने बुटवलका, आमा र बैनीज्वाइसँगै शनिबार पुगेका थिए जम्मु-कश्मिर

बुधवार, बैशाख १० २०८२११:१२
बुधवार, बैशाख १० २०८२११:१२
  • images

    काठमाडौँ । भारतको जम्मु-कश्मिर आतंकवादी हमलामा मारिएका नेपाली युवाको पुष्टि भएको छ। जम्मू-कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा बुटवलका सुदीप न्यौपानेको मृत्यु भएको पुष्टि भएको हो। 

    बुटवल उपमहानगरपालिका वडा नम्बर १४ का वडाअध्यक्ष दधिराम न्यौपाने उक्त आतंकवादी हमलामा २७ वर्षीय न्यौपानेको मृत्यु भएको पुष्टि गरेका हुन्।

    वडा अध्यक्ष न्यौपानेका अनुसार सुदीप गत शनिबार परिवारसहित कश्मिर घुम्न गएका थिए। उनले आमा, र बैनी ज्वाइँलाई पनि सँगै लिएर गएका थिए । 

    सुदीपको शव आजै नेपाल ल्याउने तयारी भइरहेको उनले जानकारी दिए। परिवारका अन्य सदस्य भने सकुशल रहेको जनाइएको छ।

    उक्त आतंकवादी हमलामा एकजना नेपालीसहित २७ जनाको मृत्यु भएको छ। मंगलबार दिउँसो ३ बजेतिर बैसरन उपत्यका क्षेत्रमा भएको हमलामा उनीहरूको मृत्यु भएको हो। घटनामा अन्य धेरैजना घाइते भएका छन्। आक्रमणको जिम्मा लश्कर(ए(तैयबा समूहले लिएको छ।

    पहलगाम आक्रमणमा मृत्यु हुनेमा धेरै पर्यटकहरू रहेका छन्। मृत्यु हुने आन्तरिक पर्यटकहरू भारतको  उत्तर प्रदेश, गुजरात, महाराष्ट्र, कर्नाटक, तमिलनाडु र ओडिशाका रहेका छन्। घटनामा दुई स्थानीयको पनि मृत्यु भएको बुझिएको छ।

    आक्रमणको खबर पाउनेबित्तिकै साउदी अरेबियाको दुई दिने भ्रमणमा रहेका प्रधानमन्त्री मोदी आफ्नो भ्रमण बीचमै छोडेर भारत फर्कदैछन्। उनले बुधबार बिहान दिल्लीमा उच्चस्तरीय बैठक गर्नेछन्। नेपालसहित अमेरिका, इरान, रुस, इटाली, युएई र अन्य देशहरूले उक्त आक्रमणको निन्दा गरेका छन्।  

    जम्मु-कस्मिरमा पर्यटक लक्षित आक्रमणः एक नेपालीसहित २६ जनाको मृत्यु जम्मु-कस्मिरमा पर्यटक लक्षित आक्रमणः एक नेपालीसहित २६ जनाको मृत्यु

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend