२०८३, आश्विन २० गते

images

प्रधानमन्त्री ओली र कार्लोसको आत्मीय भेट

प्रधानमन्त्री ओली र कार्लोसको आत्मीय भेट

बुधवार, बैशाख १० २०८२०२:५८
बुधवार, बैशाख १० २०८२०२:५८
  • images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका विश्वचर्चित ब्राजिलियन फुटबलर रोबर्टो कार्लोसबीच भेट भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री ओली र कार्लोसबीच भेटघाट भएको हो ।

    एनएसएल २०२५ को खेल हेर्न नेपाल आएका विश्वकप विजेता ब्राजिलियन फुटबलर कार्लोसले आज प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् ।भेटका क्रममा प्रधानमन्त्री ओलीले विश्वकप विजेता फुटबलर कार्लोसलाई ढाका टोपी लगाइदिएका थिए ।

    उनले बुधबार दशरथ रंगशालामा हुने एनएसएल २०२५ को दोस्रो क्वालिफायर खेल हेर्नेछन् । फाइनल प्रवेशका लागि आज साँझ ६ बजे हुने दोस्रो क्वालिफायरमा धनगढी र पोखराले प्रतिस्पर्धा गर्नेछन् ।

    pm-oli-roberto-carlos-bhet900.jpg
    undefined

    रोबर्टो कार्लोसलाई माउन्टेन फ्लाइट र जंगल सफारीको निम्तो

    pm-oli-roberto-carlosbhet-1248.jpg
    undefined

    प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भ्रमणमा रहेका विश्वचर्चित ब्राजिलियन फुटबलर रोबर्टो कार्लोसलाई माउन्टेन फ्लाइट र जंगल सफारीको निम्तो दिएका छन् ।

    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार भएको भेटमा प्रधानमन्त्री ओलीले विश्वकप विजेता फुटबलर कार्लोसलाई माउन्टेन फ्लाइट र जंगल सफारीको योजनासहित अर्कोपटक नेपाल आउन निम्ता दिएका हुन् ।

    ‘भेटको क्रममा प्रधानमन्त्रीले माउन्टेन फ्लाइट र जंगल सफारी गर्ने योजनासहित पुनः नेपाल भ्रमणको योजना बनाउन निम्तो दिनुभयो,’ प्रधानमन्त्रीको सचिवालयले भन्यो, ‘जवाफमा कार्लोसले नेपालमा न्यानो माया पाएको भन्दै समय व्यवस्थापन गर्न सके अर्कोपटक पनि नेपाल आउन चाहने बताउनुभयो ।’

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend