काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नयाँ तालिका सार्वजनिक गरेको छ । यसअघि बैशाख ११ गतेदेखि सुरु हुने भनिएको परीक्षा स्थगित भएको थियो ।
बोर्डले स्थगित गरेर आगामी २१ गतेदेखि परीक्षा हुने जनाएको थियो । उक्त तोकिएको समयमा परीक्षाका लागि बोर्डले बुधबार नयाँ तालिका सार्वजनिक गरेको हो ।

