२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • नेपाल प्रहरीमा ठूलो संख्यामा निरीक्षक...

नेपाल प्रहरीमा ठूलो संख्यामा निरीक्षक र  नायव उपरीक्षकको सरुवा(सूचीसहित)

नेपाल प्रहरीमा ठूलो संख्यामा निरीक्षक र  नायव उपरीक्षकको सरुवा(सूचीसहित)

बिहिवार, बैशाख ११ २०८२१२:५७
बिहिवार, बैशाख ११ २०८२१२:५७
  • images

    काठमाडौं । नेपाल प्रहरीको ३११ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) सरुवा भएको छ। मंगलबार बसेको बैठकले ३११ जना इन्सपेक्टरहरुको सरुवा गरेको हो। प्रहरी महानिरीक्षक दीपक थापाको बैशाख १० गतेको निर्णयानुसार वैशाख महिनादेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा गरिएको मावन स्रोत विकास विभागका प्रहरी उपरिक्षक योगेन्द्र सिंह थापाले जानकारी दिएका छन्।

    त्यस्तै प्रहरी बरिष्ठ नायव निरीक्षकबाट बढुवा भएका ६१ जना प्रहरी निरीक्षकलाई पदस्थापन गरिएको छ। प्रचलित नियम अनुसार तलब भत्ता पाउने गरि प्रहरी महानिरीक्षक दीपक थापाको बैशाख १०गतेको निर्णयानुसार विभिन्न दरबन्दीमा पदस्थापना गरिएको एसपी थापाले बताए।

    यसैबीच प्रहरीको १२१ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)हरूको सरुवा भएको छ। बुधबार बसेको बैठकले १२१ जना डीएसपीहरुको सरुवा गरेको हो। प्रहरी महानिरीक्षकको बैशाख १०गतेको निर्णयानुसार वैशाख महिनादेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा गरिएको मावन स्रोत विकास विभागका प्रहरी उपरिक्षक योगेन्द्र सिंह थापाले जानकारी दिए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend