२०८३, आश्विन १९ गते

images

आवासीय चिकित्सकहरु पनि आन्दोलनमा, प्रहरीसँग धकेलाधकेल

आवासीय चिकित्सकहरु पनि आन्दोलनमा, प्रहरीसँग धकेलाधकेल

बिहिवार, बैशाख ११ २०८२०२:१२
बिहिवार, बैशाख ११ २०८२०२:१२
  • images

    काठमाडौं । विभिन्न माग राख्दै आवासीय चिकित्सकहरू पनि आन्दोलनमा उत्रेका छन् । बिहीबार स्वास्थ्य मन्त्रालय जान लागेका आन्दोलनरत आवासीय चिकित्सक र प्रहरीबिच धकेलाधकेल भएको छ ।

    विगत २९ दिनदेखि आन्दोलन गर्दै आइरहेका उनीहरू स्वास्थ्य मन्त्रालय जान लागेका थिए । तर प्रहरीले भने उनीहरुलाई रोकेको छ । सरकारी सरह निर्वाह भत्ता माग गर्दै निजी मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकहरू प्रदर्शनमा उत्रिएका छन् । सेतो पोशाक लगाएका उनीहरू माइतीघर मण्डलामा भेला भएर स्वास्थ्य मन्त्रालय जान खोजेका थिए ।

    चिकित्सा शिक्षा आयोगको २५ माघमा बसेको १६ औं बैठकले आवासीय चिकित्सकलाई सरकारी आठौं तहको तलब सुविधा दिन निजी मेडिकल कलेजलाई निर्देशन दिएको थियो । तर निजी मेडिकल कलेजले निर्देशन अवज्ञा गरेका छन् ।

    उनीहरूले शुक्रबार देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने चेतावनी दिएका छन् । निजी मेडिकल कलेजले निर्वाह भत्ता नदिएसम्म नियमित चिकित्सकीय सेवा पूर्णरूपमा बन्द रहने आवासीय चिकित्सक बताउँछन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend