२०८३, आश्विन २० गते

images
  • खेलकुद
  • लुम्बिनी कप महिला फुटबलः  उपाधिका लागि...

लुम्बिनी कप महिला फुटबलः  उपाधिका लागि विभागीय टोली भिड्दै

लुम्बिनी कप महिला फुटबलः  उपाधिका लागि विभागीय टोली भिड्दै

सीएनएन खबर
शुक्रवार, बैशाख १२ २०८२१०:०५
सीएनएन खबर
शुक्रवार, बैशाख १२ २०८२१०:०५
  • images
    काठमाडौँ । लुम्बिनी कप अन्तरराष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको फाइनल खेल आज नेपलागञ्ज रङ्गशालामा हुँदैछ । 
     
    अपराह्न ४ः०० बजे सुरु हुने फाइनलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल ९एपीएफ०बीच भीडन्त हुने छ । दुवै विभागीय टोलीबीचको खेल रोमाञ्चक हुने ठानिएको छ । नेपाल प्रहरीका प्रशिक्षक सुमन सुवेदीले एपीएफमा राष्ट्रिय टिमका खेलाडीको बाहुल्य रहे पनि उपाधि जित्नेगरी खेलको रणनीति बनाएको बताए । 
     
    एपीएफकी प्रशिक्षक भगवती थापाले नेपाल प्रहरीको टोलीसँगको खेल चुनौतीपूर्ण भए पनि कमजोरीलाई सुधारेर आफ्ना खेलाडी मैदानमा उतार्ने बताए । प्रतियोगिताको विजेतालाई पाँच लाख पाँच हजार ५५५  र उपविजेतालाई दुई लाख ५० हजार नगद पुरस्का प्रदान गरिने छ । 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend