२०८३, आश्विन १९ गते

images
  • स्वास्थ्य
  • चिकित्सकको आन्दोलनः आजदेखि आकस्मिकबाहेक सबै उपचार...

चिकित्सकको आन्दोलनः आजदेखि आकस्मिकबाहेक सबै उपचार सेवा ठप्प

चिकित्सकको आन्दोलनः आजदेखि आकस्मिकबाहेक सबै उपचार सेवा ठप्प

शुक्रवार, बैशाख १२ २०८२१०:५०
शुक्रवार, बैशाख १२ २०८२१०:५०
  • images

    काठमाडौं । नेपाल चिकित्सक संघले आज (वैशाख १२ गते) देखि सम्पूर्ण निजी तथा सरकारी अस्पताल, मेडिकल कलेज, क्लिनिकमा आकस्मिकबाहेक सबै सेवा ठप्प पार्ने चेतावनी दिएको छ।

    बिहीबार नै विज्ञप्ति जारी गरी चिकित्सक संघले आकस्मिक तथा सघन उपचारजस्ता अत्यावश्यकबाहेक अन्य सबै सेवामा सहभागी नहुन चिकित्सकहरूलाई आह्वान गरेको हो।

    यस्तै उपत्यकाभित्रका चिकित्सक तथा स्वास्थ्यकर्मीहरू बिहान ११ बजे माइतीघर मण्डलामा भेला भई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा र उपत्यका बाहिर जिल्ला प्रशासन कार्यलयमा धर्ना दिने कार्यक्रम रहेको पनि संघले जनाएको छ।

    नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तिमा ‘आवासीय चिकित्सकहरूले हालसम्म पनि आफ्नो निर्वाह भत्ता नपाएको र ठाउँठाउँबाट धम्की आएको’ भन्दै आन्दोलन जारी राख्ने उल्लेख छ। 

    निर्वाह भत्ता नदिने निजी कलेज सञ्चालकहरूको अटेरीविरुद्ध पोस्ट ग्रेजुएट (पीजी) तहका आवासीय चिकित्सहरूले केही दिनयता प्रदर्शन गरिरहेका छन्। चिकित्सकहरूले आफूहरूको श्रम शोषण भएको भन्दै बिहीबार पनि माइतीघरस्थित स्वास्थ्यमन्त्रालय अगाडि प्रदर्शन गरेका थिए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend