२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • प्रस्तावित निर्वाचन आयुक्त प्रधानबारे निर्णय गर्न...

प्रस्तावित निर्वाचन आयुक्त प्रधानबारे निर्णय गर्न सुनुवाइ समितिको बैठक बस्दै

प्रस्तावित निर्वाचन आयुक्त प्रधानबारे निर्णय गर्न सुनुवाइ समितिको बैठक बस्दै

सोमवार, श्रावण १४ २०८१०९:४५
सोमवार, श्रावण १४ २०८१०९:४५
  • images

    काठमाडौं । संघीय संसदको संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै छ । आजको बैठकले प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानबारे अनुमोदनको निर्णय गर्नेछ । बैठक बिहान साढे ११ बजे बोलाइएको छ।

    गत असार २ गते संवैधानिक परिषदको बैठकले प्रधानलाई निर्वाचन आयुक्तमा नियुक्त गर्न सिफारिस गरेको थियो । त्यसपछि संसदीय सुनुवाइ समितिले उजुरी आह्वान गर्दा एक महिलाले आफूलाई प्रधानले यौन शोषण गरेको र दबाबमा मिलापत्र गरेको भन्दै उजुरी दिएकी थिइन् ।

    समितिले उजुरीकर्तासँग र प्रधानसँग यस विषयमा छलफल गरेको थियो ।  समितिमा प्रधानले पीडित महिलासँग मिलापत्र गरेको स्वीकार गरेका थिए । प्रधानको अनुमोदनका विषयमा प्रमुख दलका सांसदहरुले आफ्नो शीर्ष नेतासँग पनि छलफल गरेका थिए। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend