२०८३, आश्विन २० गते

images
  • राजनीति
  • कांग्रेस महामन्त्री थापाविरुद्ध अदालतको अवहेलना मुद्दा...

कांग्रेस महामन्त्री थापाविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

कांग्रेस महामन्त्री थापाविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

आइतवार, बैशाख १४ २०८२०५:१५
आइतवार, बैशाख १४ २०८२०५:१५
  • images

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ। आइतबार अधिवक्ताहरू विशाल थापा, अनन्तराज लुइँटेल र अभिमा उप्रेतीले थापाविरुद्ध अवहेलना मुद्दा दायर गरेका हुन्। 

    थापाले बिहीबार ५२ संवैधानिक नियुक्तिसम्बन्धी मुद्दामा सर्वोच्चले डिल गरिरहेको आरोप लगाएका थिए। लोकतन्त्र दिवसको अवसरमा आयोजित संवाद कार्यक्रममा उनले आयोगका पदाधिकारीहरुको कार्यकाल सकिन लाग्दा पनि मुद्दाको टुंगो नलगाइ डिल गरेको अभिव्यक्ति दिएका थिए। उनले भनेका थिए, ’आइतबार हेरुम, पख्लास् शुक्रबारसम्म भनेर अल्झाइरहेको छ। अदालतले डिल गर्यो अब त्यसको विश्वसनीयता के रहन्छ ? दुई/तीन वर्षदेखि तलाई हान्दिउँ भनेर झुलाएर राखेको छ। कहिले हेर्दाहेर्दै भन्छ, कहिले हेर्न नभ्याइने भन्छ। कहिले भोलि हेर्ने भन्छ,  त्यसले अदालतको विश्वसनीयतामाथि प्रश्न गराउँछ।’ 

    थापाले उक्त अभिव्यक्ति दिई अदालतको अवहेलना गरेको भन्दै अधिवक्तात्रयले सर्वोच्चमा अदालतको अवहेलनामा निवेदना दिएका हुन्। उक्त निवेदनमाथि मंगलबार पेसी तोकिएको अधिवक्ता थापाले जानकारी दिए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend