२०८३, आश्विन १९ गते

images
  • स्थानीय
  • बालेनको सिको गर्दै वीरगञ्जका मेयर, प्रदूषित...

बालेनको सिको गर्दै वीरगञ्जका मेयर, प्रदूषित गरेको भन्दै तीन उद्योगमा थुपारिदियो फोहोर

बालेनको सिको गर्दै वीरगञ्जका मेयर, प्रदूषित गरेको भन्दै तीन उद्योगमा थुपारिदियो फोहोर

सोमवार, श्रावण १४ २०८११०:०६
सोमवार, श्रावण १४ २०८११०:०६
  • images

    काठमाडौँ । वीरगञ्ज महानगरपालिकामा मेयर राजेश मान सिंहले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहको सिको गरेका छन् । 

    केही समयअघि काठमाडौँ महानगरले कलंकीदेखि महाराजगञ्जसम्म रिङरोड विस्तारको काम नभएको भन्दै विरोध स्वरुप सडक विभाग अगाडी फोहोर थुपारिदिएका थिए । बालेनको सिको गर्दै वीरगञ्जका मेयर सिंहले समेत सिर्सिया नदी प्रदूषित गर्ने तीन उद्योगलाई कारबाहीस्वरुप ती उद्योगको मुख्यद्वारमा फोहरमैला थुपारिदिएका हुन् । 

    नगर प्रहरीसहित सरसफाइको टोलीले ट्रयाक्टरमा फोहरमैला राखेर परवानीपुरस्थित अर्निका प्रोसेसिङ उद्योग, श्रीसिद्धि टेक्सटाइल्स र मोरियम लेदर इण्डस्ट्रिज प्रालीको मुख्यद्वार प्राङ्गणमा फोहोर थुपारिदिएको हो ।

    वीरगञ्ज महानगरका नगरप्रहरी प्रमुख हरि भुसालले ती उद्योगको परिसरमा प्रतिकात्मक कारबाहीस्वरुप आइतबार फोहरमैला खसाली दिएको बताए ।

    ‘उद्योगबाट निस्कने फोहरमैला सिर्सिया नदीमा नमिसाउन बारम्बार अनुरोध गरेका थियौँ । तर उहाँहरूले मान्नुभएन, त्यसैले निर्देशनानुसार फोहरमैला थुपारिदिएको हो’, उनले भने । 

    महानगरले यसअघि सिर्सिया नदीमा फोहरमैला  नफ्याँक्न बारम्बार अनुरोध गर्दै आइरहे पनि उद्योगी व्यवसायीले आलटाल गर्दै आएका थिए ।  महानगरले गत वैशाख ९ गते नदीमा फोहरमैला गर्ने उद्योगलाई १५ दिनभित्रै फोहरमैला व्यवस्थित नगरे कारबाही गर्ने चेतावनी समेत दिएको थियो । तर उद्योगले फोहरमैला व्यवस्थित गर्न आलटाल गर्दै आएका थिए । 

    नगर प्रहरी प्रमुख भुसालले आज पनि नदी फोहरमैला गर्ने उद्योगमा फोहर फ्याँक्ने कार्यक्रम रहेको जानकारी दिए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend