२०८३, आश्विन १९ गते

images

पोखरामा स्कुल बस दुर्घटनामा आमा–छोराको मृत्यु(अपडेट)

पोखरामा स्कुल बस दुर्घटनामा आमा–छोराको मृत्यु(अपडेट)

सोमवार, श्रावण १४ २०८११२:२७
सोमवार, श्रावण १४ २०८११२:२७
  • images

    काठमाडौं । सोमबार बिहान पोखरामा भएको स्कुल बस दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा–२१ का ४ वर्षीय प्रिन्स वि.क छन् । उनको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

    उक्त दुर्घटनामा बसका सहयोगी ३३ वर्षीया आरती वि.क.को घटनास्थलमै मृत्यु भएको थियो । मृतक आरती र प्रिन्स आमा–छोरा रहेको बताइएको छ ।

    बिहान ८ः३० बजे ग १ क ६२१९ नम्बरको बस पोखरा २१ रामदीबाट बिरौटास्थित विद्यालयमा फर्कने क्रममा फुर्सेखोला नजिकै माथिल्लो सडकबाट पल्टिएर तल्लो सडकमा बजारिएर दुर्घटना भएको हो ।
    दुर्घटनामा २७ जना विद्यार्थी र चालक घाइते भएका छन् । घाइते हुने चालकमा पोखरा–१७ का ५८ वर्षीय टेकबहादुर भुजेल रहेका छन् ।

    घाइते विद्यार्थीमा पोखरा–२१ की ८ वर्षीया अनन्या पौडेल, ३ वर्षीया सिम्रन मगर, ३ वर्षीया न्यूजन मगर, ७ वर्षीय रिजन मगर, १२ वर्षीय रामकृष्ण नेपाली, २ वर्षीय अंकित खत्री, १४ वर्षीया सीतादेवी विक, ७ वर्षीया अमिना सुनार, ११ वर्षीय निश्चल विक, २० वर्षीय निर्दोष विक छन् । उनीहरुको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

    यस्तै, ९ वर्षीय दिवस कार्की, ९ वर्षीय अनमील विक, ५ वर्षीय रोशनराज बराल, पोखरा १७ का १३ वर्षीया चिना गुरुङ, ६ वर्षीय युजन गुरुङ, पोखरा–२१ का ९ वर्षीय प्रवेश कामी, १४ वर्षकी प्रकृति कामी, पोखरा–१७ की सिजा विक, पोखरा–२१ की १२ वर्षीया सिम्रन विक, ११ वर्षीय विश्वास पौडेल, १२ वर्षकी विशिका पौडेल, १६ वर्षीय प्रिन्स राना, ११ वर्षीय विवश खत्री र ३२ वर्षीय सपना आले छन् । उनीहरुको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend