२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा छः...

सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा छः सञ्चारमन्त्री गुरुङ

सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा छः सञ्चारमन्त्री गुरुङ

सीएनएन खबर
सोमवार, श्रावण १४ २०८१०३:४१
सीएनएन खबर
सोमवार, श्रावण १४ २०८१०३:४१
  • images

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकार प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्ने पक्षमा नरहेको बताएका छन् ।

    सोमबार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा उनले प्रेस स्वतन्त्रतामाथि कठोर बन्ने पक्षमा सरकार नरहेको भन्दै सरकारले नियमन मात्रै गर्न खोजेको बताए ।

    उनले प्रेसको नियमन पनि मन्त्रालयका निकायबाट नभई स्वायत्त छुट्टै निकाय बनाइने बताए । उनले नियमन, स्वनियमन, सम्वर्द्धन, प्रवर्द्धन स्वायत्त निकायबाट हुने गरी व्यवस्था मिलाउने बताए ।

     वर्तमान सरकार नियन्त्रिण लोकतन्त्र, नियन्त्रित प्रेस स्वतन्ताको पक्षमा नरहेको पनि उनले स्पष्ट पारे । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend