२०८३, आश्विन १९ गते

images
  • समाचार
  • भ्रममा नपर्नू, १२ कक्षाको परीक्षा वैशाख...

भ्रममा नपर्नू, १२ कक्षाको परीक्षा वैशाख २१ गतेदेखि नै हुन्छ : राष्ट्रिय परीक्षा बोर्ड

भ्रममा नपर्नू, १२ कक्षाको परीक्षा वैशाख २१ गतेदेखि नै हुन्छ : राष्ट्रिय परीक्षा बोर्ड

बिहिवार, बैशाख १८ २०८२०५:५२
बिहिवार, बैशाख १८ २०८२०५:५२
  • images

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको वार्षिक परीक्षाबारे बोर्डको लोगो प्रयोग गरी अनाधिकृत रूपमा विभिन्न सामाजिक सञ्जालमा भ्रामक सूचना सम्प्रेषण भएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    बोर्डले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै भ्रमका पछि नलागेर वैशाख २१ गतेदेखि जेठ २ गतेसम्म तोकिएकै समयमा परीक्षा सञ्चालन हुने जनाएको छ । परीक्षा सञ्चालनका सम्बन्धमा सम्बन्धित निकायहरूलाई यस पूर्व नै आवश्यक पत्राचार गरिसकिएकाले सम्बन्धित निकायहरूबाट परीक्षा सञ्चालनको पूर्व तयारीका बाँकी सम्पूर्ण कार्यहरू सम्पन्न गरी/गराई तोकिएको मितिमा मर्यादित, व्यवस्थित र शान्तिपूर्ण वातावरणमा परीक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउन बोर्डले आग्रह गरेको छ ।

    यसअघि वैशाख ११ गतेदेखि १२ कक्षाको परीक्षा हुने भनिएकोमा देशभरका शिक्षकहरू काठमाण्डु केन्द्रित आन्दोलनमा होमिएपछि बोर्डले सूचना जारी गर्दै वैशाख २१ गतेदेखि सञ्चालन हुने जनाएको थियो । बुधबार आन्दोलित शिक्षक र सरकारबीच ९ बुँदे सहमति भएसँगै शिक्षकहरूले आन्दोलन स्थगित गरेका छन् ।

    ex-543x768.png
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend