२०८३, आश्विन २० गते

images
  • खेलकुद
  • ब्रेन्टफोर्डसँगको हारले नटिङघमले तेस्रो स्थानमा उक्लने...

ब्रेन्टफोर्डसँगको हारले नटिङघमले तेस्रो स्थानमा उक्लने मौका गुमायो

ब्रेन्टफोर्डसँगको हारले नटिङघमले तेस्रो स्थानमा उक्लने मौका गुमायो

सीएनएन खबर
शुक्रवार, बैशाख १९ २०८२१०:४३
सीएनएन खबर
शुक्रवार, बैशाख १९ २०८२१०:४३
  • images

    काठमाडौं । इंग्लिस प्रिमियर लिगको बिहीबार राति सम्पन्न खेलमा ब्रेन्टफोर्डले नटिङघम फरेस्टलाई २-० गोलले पराजित गरेको छ।ब्रेन्टफोर्डका लागि केभिन शाडे र योआने विस्साले गोल गरेका थिए। यो हारसँगै नटिङघम फरेस्टको च्याम्पियन्स लिगमा स्थान बनाउने आशामा ठूलो धक्का लागेको छ। 

    लिभरपुलले चार खेलअघि नै ८२ अंक जोडेर लिग जितिसकेको छ। दोस्रो स्थानको आर्सनलको ६७ अंक छ भने न्युकासल ६२ अंक जोडेर तेस्रो स्थानमा छ। चौथो स्थानको म्यानचेस्टर सिटीको ६१ अंक छ भने पाँचौ स्थानको चेल्सी र छैटौं स्थानको नटिङघङको ६०-६० अंक छ। 

    नटिङघमको हारले चेल्सी, म्यानचेस्टर सिटी, र न्युकासललाई फाइदा पुगेको छ। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend