काठमाडौं । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले सिंहदरबारभित्र निर्माणधीन नयाँ संसद भवन समयमा नै बनाइसक्न निर्देशन दिएका छन् । मंगलबार निर्माणाधीन संसद भवनको अवलोकन गर्दै निर्माणमा देखिएको समस्यमा समाधान गर्दै समयमा नै सम्पन्न गर्न उनले निर्देशन दिएका हुन् । सदनको अगामी हिउँदे अधिवेशन नयाँ भवनबाट सञ्चालन गर्ने गरी काम सम्पन्न गर्ने लक्ष्य लिइएको सिंहले बताए ।
पर्याप्त संख्यामा कामदार नराखिएकाले निर्माणमा ढिलाई भएको गुनासोलाई सम्बोधन गर्दै त्यही अनुसारको जनशक्ति राखेर तीव्रताका साथ कामलाई अघि बढाउनुपर्ने उनले बताए । सिंहले अनुमगनपछि निर्माणमा देखिएका समस्यालाई आफूले समाधानका लागि पहल गर्ने आश्वासन दिएका छन् । ठेकेदार कम्पनीलाई बोलाएर समयमा नै सम्पन्न गर्नका लागि देखिएका जटिलता हटाउने उनको भनाइ छ ।
मन्त्रालयका सचिव मणिराम गेलालले पर्याप्त कामदार नदेखिएकाले ठेकेदार कम्पनीहरू छलफल गरेर निर्माण कार्यलाई तीव्रता दिने बताए ।

