२०८३, आश्विन २० गते

images
  • विश्व
  • राष्ट्रपति पौडेल र अजरबैजानका उपविदेशमन्त्रीबीच भेट,...

राष्ट्रपति पौडेल र अजरबैजानका उपविदेशमन्त्रीबीच भेट, द्विपक्षीय सहकार्य विस्तारमा जोड

राष्ट्रपति पौडेल र अजरबैजानका उपविदेशमन्त्रीबीच भेट, द्विपक्षीय सहकार्य विस्तारमा जोड

शुक्रवार, बैशाख १९ २०८२०१:२८
शुक्रवार, बैशाख १९ २०८२०१:२८
  • images

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र अजरबैजानका उपविदेशमन्त्री  एलनुर मामेडोभबीच भेटवार्ता भएको छ। शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच शिष्टाचार भेटवार्ता भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

    राष्ट्रपति पौडेलले दुई देशबीचको सम्बन्धमा नयाँ प्रगति भएकोमा खुशी व्यक्त गर्दै सहकार्यका क्षेत्रहरूको पहिचान गरी मिलेर काम गर्नुपर्नेमा जोड दिएका थिए। कोप -२९ मा आफ्नो सहभागिताबारे स्मरण गर्दै राष्ट्रपतिले आगामी दिनमा दुई देशको सम्बन्ध थप प्रगाढ बन्ने विश्वास व्यक्त  गरेका  थिए।


    उपविदेशमन्त्री  मामोडोभले राष्ट्रपति पौडेलको अजरबैजान भ्रमणका कारण दुई देशबीचको सम्बन्धमा नयाँ आयम थपिएको बताउँदै ३० वर्षसम्म कुनै  समझदारीपत्रमा हस्ताक्षर हुन नसके पनि अब कुनै न कुनै समझदारीपत्रमा चाँडै हस्ताक्षर हुने गरी काम भइरहेको बताएका थिए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend