२०८३, आश्विन १९ गते

images

दुई वर्ष पुग्न एक हप्ता बाँकी छँदै राजीनामा दिन्छुः प्रधानमन्त्री ओली

दुई वर्ष पुग्न एक हप्ता बाँकी छँदै राजीनामा दिन्छुः प्रधानमन्त्री ओली

मंगलवार, श्रावण १५ २०८१०५:३४
मंगलवार, श्रावण १५ २०८१०५:३४
  • images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री बनेको दुई वर्ष पुग्न एक साता बाँकी छँदै राजीनामा दिने बताएका छन् । 

    मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिवहरूलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले कांग्रेस-एमालेबीचको सहमतिअनुसार प्रधानमन्त्री बनेको दुई वर्ष पुग्न एक साता बाँकी छँदै राजीनामा दिने बताएका हुन् । 

    प्रधानमन्त्री ओलीले सरकार ढल्ने होइन, ढलपल पनि नहुने बताए । 'यो सरकार ढल्ने त के ढलपल पनि हुँदैन । कर्मचारीहरूले ढुक्कले ठीक काम गर्नुस्, सरकारले त्यसको उत्तरदायित्व लिनेछ,' उनले भने ।प्रधानमन्त्री केपी शर्मा ओलीले स्थिरताका लागि बनेको सरकारलाई असफल हुने छुट नरहेको बताए । 'यो सरकारको काँधमा असाधारण जिम्मेवारी छ । यसलाई असफल हुने छुट छैन र कुनै हालतमा असफल हुन दिइँदैन,' उनले भने । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend