२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • प्रतिनिधि सभाको बैठक बस्दै, सरकारको नीति...

प्रतिनिधि सभाको बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने

प्रतिनिधि सभाको बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने

सोमवार, बैशाख २२ २०८२०७:३७
सोमवार, बैशाख २२ २०८२०७:३७
  • images

    काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा आज बिहान ११ बजे बैठक बस्ने भएको हो ।

    आजको बैठकमा वैशाख १९ गते सदनमा प्रस्तुत भएको नीति तथा कार्यक्रममा छलफल हुने भएको हो । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आजबाट सदनमा छलफल सुरु हुन लागेको हो ।

    बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते (शुक्रबार) संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गरेको सम्बोधनमा आर्थिक वर्ष २०८२/०८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल सुरु गर्न प्रस्ताव गर्ने कार्यसूची छ ।

    नीति तथा कार्यक्रममाथि सदस्यहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत हुने र सम्बोधनमाथि छलफल गर्ने बैठकको सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend