२०८३, आश्विन १९ गते

images

देशभर वर्षा, उपत्यकामा बाढी

देशभर वर्षा, उपत्यकामा बाढी

सीएनएन खबर
बुधवार, श्रावण १६ २०८१०९:३१
सीएनएन खबर
बुधवार, श्रावण १६ २०८१०९:३१
  • images

    काठमाडौं । मंगलबार रातिदेखि देशभर वर्षा भएको छ । विशेष गरेर कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भएको छ ।

    मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा समेत भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
    विभागका अनुसार सबैभन्दा धेरै वर्षा चितवनको शक्तिखोर केन्द्रमा भएको छ । त्यहाँ १३७ मिलिमिटर वर्षा मापन भएको विभागको तथ्यांक छ । त्यसपछिको धेरै वर्षा सिन्धुपाल्चोकको मानेखर्कमा १२७ मिलिमिटर रेकर्ड भएको छ ।

    काठमाडौंमा रातभर वर्षा भए पनि आज बिहानैदेखि घाम लागेको छ । विभागका अनुसार काठमाडौंको धाप ड्याममा सबैभन्दा धेरै १०७ मिलिमिटर वर्षा भएको छ । त्यसपछिको धेरै वर्षा बुढानीलकण्ठमा ९०.४ मिलिमिटर रेकर्ड भएको छ ।

    काठमाडौं उपत्यकाका अधिकांश वर्षा मापन केन्द्रहरुमा मध्यमदेखि भारी वर्षा भएकाले खोला तथा नदीहरुमा बाढीको सतह खतराको तहसम्म पुगेको छ । त्यसैले विभागले एसएमएस पठाएर र सामाजिक सञ्जालमा सूचना सार्वजनिक गरेर खोला किनारको बाटोमा यात्रा नगर्न र आज बिहान १० बजेसम्म सतर्कता अपनाउन अनुरोध गरेको थियो ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend