काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लडेर घाइते भएका छन् । शौचालयमा गएराति लडेर घाइते भएका हुन् ।
गएराति खुमलटारस्थित आफ्नै घरको सौचालयमा लडेर घाइते भएका उनको टाउकोमा चोट लागेको पारिवारिक स्रोतले जनाएको छ ।
प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यका अनुसार राति बाथरुममा लडेर टाउकोमा सामान्य चोट लागेको थियो । प्रचण्डले अस्पताल जानु नपर्ने बताए पनि परिवारले अरु चेकअपका लागि मेडिसिटी अस्पताल अस्पताल लगेको उनले बताए ।

