२०८३, आश्विन १९ गते

images
  • स्थानीय
  • प्राध्यापक हत्याका फरार अभियुक्त १७ वर्षपछि...

प्राध्यापक हत्याका फरार अभियुक्त १७ वर्षपछि पक्राउ

प्राध्यापक हत्याका फरार अभियुक्त १७ वर्षपछि पक्राउ

बुधवार, श्रावण १६ २०८१०५:०४
बुधवार, श्रावण १६ २०८१०५:०४
  • images

    काठमाडौं । मीनभवनस्थित नेपाल कमर्श क्याम्पसका प्राध्यापक हत्याका फरार अभियुक्त १७ वर्षपछि पक्राउ परेका छन् । ललितपुरको इमाडोल घर भएका प्राध्यापक धर्मराज विष्टको हत्या आरोपमा फरार रहेका ३९ वर्षीय रञ्जन खड्कालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

    काठमाडौं महानगरपालिका– ३२ बस्ने खड्का मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलअगाडिबाट पक्राउ परेका हुन्। ०६४ असार २६ गते खड्कासहितको समूहले प्राध्यापक विष्टलाई रड र इँटा प्रहार गरी घाइते बनाई बेहोस अवस्थामा छाडेर  फरार भएको थियो।

    गम्भीर घाइते भएका प्राध्यापक विष्टको वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। ललितपुर महानगरपालिका– २६ ढोलाहिटी बस्ने ४१ वर्षीया सोभिता थापा भन्ने सविता थापा अधिकारीको योजनामा सो समूहले प्राध्यापकको हत्या गरेको थियो। हत्यामा सविताका भाइ विनोद थापा, रञ्जन खड्का र भक्तपुरको मध्यपुर ठिमी लोकन्थली बस्ने राजीव पाण्डे संलग्न थिए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend