२०८३, आश्विन २० गते

images

रोनाल्डोका छोरा पनि पोर्चुगल टोलीमा

रोनाल्डोका छोरा पनि पोर्चुगल टोलीमा

सीएनएन खबर
बुधवार, बैशाख २४ २०८२१२:३३
सीएनएन खबर
बुधवार, बैशाख २४ २०८२१२:३३
  • images

    काठमाडौं । क्रिस्टियानो रोनाल्डोका छोरा पहिलोपटक पोर्चुगलको यू–१५ टोलीमा सामेल हुने भएका छन्।

    १४ वर्षीय क्रिस्टियानो रोनाल्डो जुनियरलाई पोर्चुगल यू–१५ टोलीमा समेटिने भएको हो। रोनाल्डो जुनियर उनका बुबासँगै साउदी अरबको प्रो लिग क्लब अल नासारमा थिए। रोनाल्डोले सामाजिक सञ्जालमा छोराको तस्बिर राख्दै पोर्चुगलको उमेर समूहको टोलीमा कल अप भएकामा बधाई दिएका छन्।

    उनले ‘छोरा तिमीप्रति गर्व छ’ लेखेका छन्। रोनाल्डो जुनियर युथ प्रतियोगिताका लागि टोलीमा समावेश भएका हुन्। पोर्चुगलले मे १३ देखि १८ सम्म क्रोएसियामा हुने युथ प्रतियोगिता खेल्दै छ।

    प्रतियोगितामा जापान, ग्रिस र इङल्यान्ड सहभागी हुँदै छन्। पाँचपटकको बालोन डी ओर विजेता रोनाल्डोले पोर्चुगलका लागि सर्वाधिक गोल गर्दै विश्व कीर्तिमान बनाएका छन्।

    उनले पोर्चुगलका लागि १ सय ३६ गोल गरेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend