काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले नदी तटीय क्षेत्र खाली गर्ने अभियानलाई थप प्रभावकारी बनाउने बताएका छन्। बुधबार सामाजिक सञ्जाल एक्समा स्ट्याटस लेख्दै उनले ‘पृथ्वीका नदी तथा खोलाहरूको पनि अधिकार छ’ भन्दै प्रकृतिले पनि
विद्रोह गर्न सक्छ भनेका छन्।
मेयर शाहले काठमाडौं उपत्यकाभित्र बग्ने बागमती, विष्णुमती, मनोहरा नदी किनाराका कम्तिमा २० मिटर भित्रको जग्गा र अन्य खोला किनाराका कम्तिमा ४ देखि १२ मिटर भित्रको जग्गालाई सरकारले निषेधित क्षेत्र घोषणा गरेको स्मरण गराएका छन्। यस्तै, उनले सर्वोच्च अदालतको २०८० पुस ३ मा जारी परमादेशले सरकारी मापदण्डका साथै थप २० मिटर जग्गालाई पनि निर्माण निषेधित क्षेत्र घोषणा गरेको स्पष्ट पारेका छन्।

