२०८३, आश्विन १९ गते

images

राष्ट्रपतिद्वारा तीन प्रदेशमा प्रमुख नियुक्त

राष्ट्रपतिद्वारा तीन प्रदेशमा प्रमुख नियुक्त

बुधवार, श्रावण १६ २०८१०९:४६
बुधवार, श्रावण १६ २०८१०९:४६
  • images

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तीनजनालाई बुधबार प्रदेश प्रमुख नियुक्त गरेका छन । राष्ट्रपति पौडेलले बागमती, लुम्बिनी र कर्णालीका प्रदेश प्रमुख नियुक्त गरेका हुन्। सरकारको सिफारिसमा बागमती प्रदेश प्रमुखमा दीपक प्रसाद देवकोटा, लुम्बिनी प्रदेश प्रमुखमा कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेश प्रमुखमा यज्ञराज जोशीलाई नियुक्त गरिएको हो।

    यस्तै, यसअघिका बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा, लुम्बिनीका प्रमुख अमिक शेरचन र कर्णालीका प्रमुख तिलक परियारलाई पदमुक्त गर्दै उनले नयाँ नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend