२०८३, आश्विन २० गते

images
  • खेलकुद
  • रोहितको संन्यासपछि शुभमन गिल टेस्ट कप्तान...

रोहितको संन्यासपछि शुभमन गिल टेस्ट कप्तान बन्ने सम्भावना

रोहितको संन्यासपछि शुभमन गिल टेस्ट कप्तान बन्ने सम्भावना

सीएनएन खबर
बिहिवार, बैशाख २५ २०८२०४:०४
सीएनएन खबर
बिहिवार, बैशाख २५ २०८२०४:०४
  • images

    काठमाडौं । भारतीय टोलीका ब्याट्सम्यान रोहित शर्माले टेस्ट क्रिकेटबाट संन्यास घोषणा गरेसँगै अब नयाँ कप्तान को बन्ला भनेर चर्चा सुरु भएको छ। शर्माले संन्यास लिएसँगै टेस्ट क्रिकेटको कप्तानी शुभमन गिलले लिने चर्चा भारतीय क्रिकेटजगतमा सुरु भएको छ।

    इंग्ल्यान्डमा हुने पाँच टेस्ट सिरिजसँगै गिलले पूर्णकालीन कप्तानको जिम्मा लिने आशा गरिएको छ। टेस्ट भ्रमण आगामी जुन २० देखि हेडिङ्लेमा हुँदै छ। अस्टेलिया भ्रमणको समयमा रोहितले गुमाएको दुई टेस्टमा जसप्रित बुमराहले नेतृत्व सम्हालेका थिए।

    तर सबै फर्म्याटको क्रिकेटमा फास्ट बलिङको जिम्मेवारी सम्हालिरहेका बुमराहलाई ‘वर्क लोड’ हुने भएका कारण उनलाई टेस्ट क्रिकेटको जिम्मेजारी नदिने बुझिएको छ। गिलले अहिलेसम्म ओडीआई र टेस्ट खेलमा कप्तानी जिम्मेवारी लिएका छैनन्। तर उनले पाँच टी–२० आई खेलमा भने नेतृत्व गरेका थिए। 

    गिलको कप्तानीमा रहेको गुजरात टाइटन्सले जारी आईपीएलमा शीर्ष स्थानमा रहेको छ। सन् २०२० मा टेस्ट क्रिकेटमा डेब्यु गरेका गिल निरन्तर टोलीमा समावेश छन्। उनले ३२ टेस्ट क्रिकेटमा १८९३ रन बनाउँदा पाँच शतक र सात अर्धशतक प्रहार गरेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend