२०८३, आश्विन २० गते

images
  • खेलकुद
  • महिला फुटबल टिमको मुख्य प्रशिक्षकमा राजेन्द्र...

महिला फुटबल टिमको मुख्य प्रशिक्षकमा राजेन्द्र तामाङ

महिला फुटबल टिमको मुख्य प्रशिक्षकमा राजेन्द्र तामाङ

सीएनएन खबर
बिहिवार, बैशाख २५ २०८२०५:३४
सीएनएन खबर
बिहिवार, बैशाख २५ २०८२०५:३४
  • images

    काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षकमा राजेन्द्र तामाङले निरन्तरता पाएका छन् । थाईल्यान्डसँगको मैत्रीपूर्ण खेल र एएफसी महिला एसियन कप अस्ट्रेलिया २०२६ छनोटका उनले फेरि जिम्मेवारी पाएका छन्।

    उनलाई अखिल नेपाल फुटबल संघ ९एन्फा० का महासचिव किरण राईले नियुक्तिपत्र प्रदान गरेका हुन्। उनको प्रशिक्षणमा नेपालले वाफ च्याम्पियनसिप, साफ च्याम्पियनसिप र फोर नेशन्स कप खेलेको थियो, जसमा तीनवटै प्रतियोगितामा नेपाल उपविजेता बनेको थियो।


    सहायक प्रशिक्षक भगवती थापा, गोलकिपिङ प्रशिक्षक सुरज कुमार लामा तथा टिम म्यानेजरको रूपमा वृन्दा देवकोटाले पनि आफ्नो जिम्मेवारी निरन्तरता पाएका छन्। त्यस्तै, लक्ष्मी भट्टराई टिमको नयाँ फिजियोथेरेपिस्टको रूपमा नियुक्त भएकी छन्।

    चारै जनालाई एन्फा कम्प्लेक्समा महासचिव राईले नियुक्तिपत्र हस्तान्तरण गरेका हुन्। एन्फाले पहिलोपटक महिला टिमका लागि प्रो लाइसेन्स भएको प्रशिक्षक नियुक्त गर्ने प्रक्रिया सुरु गरेको छ । त्यसअघि हालका लागि प्रशिक्षण राजेन्द्रले नै सम्हाल्ने छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend