२०८३, आश्विन १९ गते

images

टीआरसीमा सहमति जुटाउन दलहरु छलफलमा

टीआरसीमा सहमति जुटाउन दलहरु छलफलमा

बिहिवार, श्रावण १७ २०८१०९:१७
बिहिवार, श्रावण १७ २०८१०९:१७
  • images

    काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी)मा सहमति जुटाउन गठित कार्यदलको बैठक सिंहदरबारस्थित गृह मन्त्रालयमा जारी छ ।  

    संक्रमणकालीन न्याय सम्बन्धि विधेयकको विषय टुंगो लगाउन संयन्त्रका सदस्यसहित सरोकारवाला निकाय बैठकमा सहभागी छन्। दलका नेताहरुले आजको बैठक सहमतिको लागि निर्णायक हुन सक्ने बताएका छन्।

    बैठकमा नेपाली कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेबाट मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रबाट उपमहासचिव जर्नादन शर्मा संयन्त्रमा छन्।

    बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया,  संसदको कानून, न्याय तथा मानव अधिकार समितिका सभापति बिमला सुवेदी, पूर्व कानूनमन्त्री ध्रुवबहादुर प्रधान, नेपाली सेनाका उपरधी जीवन प्रसाद दाहाल लगायत पनि सहभागी छन्। 

    बैठकमा विधयेक सम्वन्धी सहती जुटाउन बाँकी बुँदामा छलफल हुने बताइएको छ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend